‘रामवृक्ष यादव स्मृति’ राष्ट्रिय कुस्ती प्रतियाेगिता काठमाडाैँमा सम्पन्न

दाेस्राे रामवृक्ष यादव स्मृति राष्ट्रिय कुस्ती प्रतियाेगिता सम्पन्न भएकाे छ। प्रतियाेगिता काठमाडाैँकाे दशरथ रङ्गशालास्थित कर्भड हलमा शुक्रबार सम्पन्न भएकाे हाे।

प्रतियाेगितामा पुरुष र महिलाका सात छुट्टाछुट्टै उमेर समूहमा प्रतिस्पर्धा गराइएकाे थियाे। जसमा महिला ५३ केजीमा नेपाली सेनाकी सम्झना थारु प्रथम, एपिएफकी अम्विका भण्डारी द्वितीय र सुदूरपश्चिम प्रदेशकी विनिता चाैधरी तृतीय भए।

महिला ५५ केजीमा नेपाल प्रहरीकी मनिषा सिंह प्रथम, नेपाली सेनाकी सम्झना घर्तीमगर द्वितीय र मधेस प्रदेशकी निलम पटेल तृतीय भए।

त्यस्तै महिला ५७ केजीतर्फ नेपाली सेनाकी शिवाङ्गी दुबे प्रथम, सुदूरपश्चिम प्रदेशकी काेमल खत्री द्वितीय र काेशी प्रदेशकी प्रियंका सरदार तृतीय भए।

महिला ६२ केजीतर्फ नेपाली सेनाकी सुशीला चन्द प्रथम, लुम्बिनी प्रदेशकी सिर्जना चन्द द्वितीय र मधेस प्रदेशकी प्रियंक मण्डल तृतीय भए।

महिला ६५ केजीतर्फ नेपाली सेनाकी लक्ष्मी भट्ट प्रथम, सुदूरपश्चिम प्रदेशकी लक्ष्मी तामाङ द्वितीय र एपिएफकी भावना चन्द तृतीय भए।

त्यसैगरी महिला ७२ केजीमा एपिएफकी हेमा भट्ट विजयी भइन्। भने, महिला ७६ केजीतर्फ नेपाली सेनाकी रचना श्रेष्ठ पहिलाे र लुम्बिनी प्रदेशकी ममता कहार दाेस्राे भइन्।

पुरुष ६१ केजीतर्फ एपिएफका रामकिशाेर यादव पहिलाे, नेपाल प्रहरीका भागवत साह दाेस्राे र नेपाली सेनाका तिलक देउजा तेस्राे भए। भने, ६५ केजीतर्फ मधेस प्रदेशका कुन्दन साह तुराहा पहिलाे, नेपाल प्रहरीका गंगाराम चमार दाेस्राे र नेपाली सेनाका सन्दीप गिरी तेस्राे भए।

त्यस्तै पुरुष ७० केजीतर्फ मधेस प्रदेशका सुजित यादव पहिलाे, नेपाली सेनाका कृष्ण यादव दाेस्राे र एपिएफका विनय यादव तेस्राे भए।

पुरुष ७४ केजीतर्फ नेपाली सेनाका सुरेश चुनारा पहिलाे, लुम्बिनी प्रदेशका ओमनारायण चाैधरी दाेस्राे तथा मधेस प्रदेशका उमेश ठाकुर हजाम र काेशी प्रदेशका दीपेन्द्र हजाम तेस्राे भए।

त्यसैगरी पुरुष ८६ केजीतर्फ मधेश प्रदेशका निखिलराज पटेल पहिलाे, नेपाल प्रहरीका धर्मेन्द्र यादव दाेस्राे र सुदूरपश्चिमका सञ्जय टेर तेस्राे भए। भने, ९७ केजीतर्फ नेपाली सेनाका त्रिलाेक यादव पहिलाे र नेपाली सेनाका आदित्यराज यादव दाेस्राे भए।

त्यस्तै पुरुष १२५ केजीतर्फ नेपाल प्रहरी रमेश गाेतामे पहिलाे, मधेस प्रदेशका राज यादव दाेस्राे र लुम्बिनी प्रदेशका मुकेश हरिजन तेस्राे भएका छन्।

विजेताहरुलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)का उपाध्यक्ष शिव काेइराला, कुस्ती संघका अध्यक्ष प्रकाशकुमार कुसारी (सम्राट)लगायतले मेडल र सम्मानपत्र हस्तान्तरण गरेका थिए।

शुक्रबार बिहान सुरु भएकाे प्रतियाेगिताकाे उद्घाटन राखेप सदस्य सचिव टंकलाल घिसिङले गरेका थिए।

नेपाल कुस्ती संघकाे आयाेजनामा सम्पन्न प्रतियाेगितामा राखेप, अखिल नेपाल खेलकुद महासंघ, नेपाल ओलम्पिक कमिटी र युनाइटेड वल्ड रेस्लिङलगायतकाे साथ रहेकाे थियाे।

प्रकाशित मिति: : 2024-05-10 21:24:00

प्रतिकृया दिनुहोस्