जिल्लाको तमानखोला गाउँपालिकाा– ४ लाम्मेलामा आगलागी हुँदा स्थानीय जेनु र दिले सिर्पालीका घर जलेका छन्।
घरमा कोही नभएको बेला आगलागी भएको तमानखोला गाउँपालिका– ४ का अध्यक्ष छप्रसाद सिर्पालीले जानकारी दिए। मध्यरातमा दुवै घरमा एकैपटक आगो दन्किरहेको देखेपछि स्थानीयले निभाउने प्रयास गरेका थिए।
गाउँमा दमकल र तथा अग्निनियन्त्रणका अन्य साधन नहुँदा दुवै घर खरानी बनेका उनले बताए।
घटनाको प्रकृति हेर्दा कसैले घरमा आगो झोसेकोे हुनसक्ने आशङ्का उनले व्यक्त गरे।