२९औँ पटक सगरमाथा आरोहण गर्दै कामिरिताले कायम राखे आफ्नो कीर्तिमान

File Photo
File Photo

विश्व चर्चित कीर्तिमानी कामिरिता शेर्पाले २९औँ पटक सगरमाथा आरोहण गर्दै आफ्नो कीर्तिमान कायम राखेका छन्।

सेभेन समिट ट्रेकका अनुसार  आइतबार बिहान ७:२५ मा नेपाली माउन्टेन गाईड कामिरिता शेर्पाले सगरमाथाको २९औँ सफल आरोहण गरेका हुन्।

वरिष्ठ गाईड तथा विश्व चर्चित आरोहीले ‘व्यक्तिगत सगरमाथाको सबैभन्दा धेरै पटक सफल आरोहण’ को उपाधि कायम राखेका छन्।

सोलुखुम्बुको थामे गाउँमा जन्मे हुर्केका कामिरिता शेर्पा सेभेन समिट ट्रेकमा सिनियर गाईडका रुपमा कार्यरत छन्।

कामिरिता शेर्पाले आफ्नो सम्पूर्ण जीवन पर्वतारोहणमा समर्पित गरेका छन् भने विश्वको अग्लो चुचुरोको पर्यायवाची बनेका छन्।

१७ जनवरी १९७० मा जन्मेका उनले सानैदेखि आरोहणको गहिरो जोश विकास गरेका र दुई दशकभन्दा बढी समयदेखि हिमाल आरोहण गर्दै आएका छन्।

उनको पर्वतारोहण यात्रा सन् १९९२ मा सगरमाथा आरोहणमा एक सहयोगी सदस्यको रूपमा सुरु भयो। त्यसबेलादेखि कामिरिताले निर्भयताका साथ धेरै पटक सगरमाथा आरोहण गर्दै अन्य थुप्रै आरोहणहरू समेत गरेका छन्।

कामिरिताले केटु, चो ओयु, ल्होत्से र मनास्लुलगायतका अन्य अन्य ८ हजार मिटर भन्दा अग्ला चुचुरा चुचुराहरू पनि सफल आरोहण गरेका छन्।

प्रकाशित मिति: : 2024-05-12 10:53:00

प्रतिकृया दिनुहोस्