सहकारी ठगी प्रकरणमा जोडिएका गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न बनाइएको संसदीय समितिको कार्यादेश बनाउने विषयमा छलफल गर्न कार्यदलको बैठक सुरु भएकाे छ।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा केहीबेरअघि कार्यदलको बैठक सुरु भएकाे हो।
यस बैठकले कार्यादेश टुंगो लगाएमात्र संघीय संसदको संयुक्त बैठकमा आज बजेट प्रस्तुत हुनेछ।
अन्यथा काँग्रेसले गरेको संसद बैठक अवरुद्ध निरन्तर हुनेछ।