परजीवी नियन्त्रणका लागि महानगरद्वारा निःशुल्क औषधि वितरण

Break n Links
Break n Links

विराटनगर महानगरपालिकाले पशुपालक किसानलाई पशुमा लाग्ने परजीवी रोग नियन्त्रणका लागि निःशुल्क औषधि वितरण गरेको छ।

महानगरको पशुपंक्षी शाखाले वडा नं १८ को भेडियारी टोलमा आयोजित कार्यक्रममा पशु किसानलाई परजीवी नियन्त्रणसम्बन्धी औषधि वितरण गरेको हो।

त्यस क्षेत्रमा किसानले गाई, भैँसी र बाख्रा व्यावसायिक रुपमा पाल्दै आएका छन्। आन्तरिक परजीवीका कारण उत्पादनमा नोक्सानी खेप्दै आएकाले औषधि वितरण गरिएको महानगरका पशुपंक्षी महाशाखाका प्रमुख शुभनारायण यादवले जानकारी दिए।

उनले पशुको गोबर जाँच गरी औषधि वितरण गरिएको बताए। उक्त वडामा ७६ घरपरिवारका दुई ३५ वटा पशुवस्तुलाई परजीवी नियन्त्रण एवं रोकथामका लागि निःशुल्क वितरण गरिएको छ। शिविरमा शाखाकी डा सरहाना सुवेदीले गाईभैँसीको स्वास्थ्य जाँच गरेकी थिइन्।

 यसैगरी महानगरमा दर्ता भएका ४० वटा पशुकृषि फर्मलाई परजीवी नियन्त्रणको औषधि निःशुल्क वितरण गरिएको छ भने यस वर्ष एक सय २१ किसानलाई हिउँदे र बर्से घाँसको बीउसमेत निःशुल्क वितरण गरिएको शाखा प्रमुख यादवले बताए। 

प्रकाशित मिति: : 2024-06-11 05:37:00

प्रतिकृया दिनुहोस्