मोरङको बेलबारी नगरपालिकामा बुधबार साँझदेखि हराइरहेका ५ वर्षीय बालक नहरमा मृत अवस्थामा भेटिएका छन्।
बुधबार बेलुका ५ बजेदेखि बेलबारी नगरपालिका-५ स्थित घरबाटै हराएका विवश वनको शव स्थानीय नहरमा बिहीबार भेटिएको हो।
उनको शव घरबाट करिब ४ किलोमिटर दक्षिणपूर्वस्थित नहरमा डुबेको अवस्था भेटिएको प्रहरीले जनाएको छ। बालकको शव अहिले पोस्टमार्टमका लागि अस्पताल पठाइएको छ।