विनियोजन विधेयकअन्तर्गत तीन मन्त्रालयका विभिन्न शीर्षकमा छलफल

File Photo
File Photo

विनियोजन विधेयक, २०८१ अन्तर्गत आज विभिन्न तीन मन्त्रालयका शीर्षकमा छलफल सम्पन्न भएको छ।

प्रतिनिधिसभाको आजको बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासन, ऊर्जा, जलस्रोत तथा सिँचाइ र अर्थ मन्त्रालयका विभिन्न शीर्षकमाथिको छलफल सम्पन्न भएको हो।

छलफलमा सांसदहरूले दलीय आधारमा ती मन्त्रालयका विभिन्न शीर्षकमा टिप्पणी र सुझाव प्रस्तुत गरे।

सभाको अर्को बैठक यही असार ४ गते मङ्गलबार बिहान ११ बजे बस्ने छ। उक्त बैठकमा गृह, परराष्ट्र, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, उपराष्ट्रपतिको कार्यालय  र राष्ट्रपतिको कार्यालयसम्बन्धी विनियोजन शीर्षकमाथि छलफल हुनेछ। 

प्रकाशित मिति: : 2024-06-16 17:33:00

प्रतिकृया दिनुहोस्