सिरहामा चिरपट प्रहारबाट एक जनाको मृत्यु

Symbolic photo
Symbolic photo

सिरहामा मामाको छोराले चिरपट प्रहार गर्दा फूपुको छोराको मृत्यु भएको छ।

गोलबजार नगरपालिका-१० धर्मपुरका २८ वर्षीय फेकु भन्ने सञ्जय सदाले आफ्नै फूपुको छोरा ४० वर्षीय गेनी सदायमाथि समान्य विवादमा चिरपट प्रहार गर्दा मृत्यु भएको हो।

गएराति करिब १० बजे खाना खाने समयमा खानाकै विषयमा विवाद सुरु भएको थियो। विवादकै क्रममा सञ्जयको चिर्पट प्रहारबाट गम्भीर घाइते दाइ गेनीको उपचारको क्रममा आज बिहान मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलवजारका प्रमुख इन्सपेक्टर सुनिल कार्कीले जानकारी दिए।

सामान्य विवादबाट सुरु भएको झगडा मदिरा पिएर मातेकाका कारण चिर्पट हानाहानमा हानाहानमा पुगेको थियो। घटनामा संलग्न सञ्जयलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटना राति नै भएपनि प्रहरीले बिहान पाँच बजेमात्र जानकारी पाएकाे थियाे।

जानकारी पाउनसाथ पुगेका अचेत अवस्थामा रहेका गेनीलाई उपचारको लागि गोलवजारस्थित अस्पतालमा ल्याइए पनि उपचारकै क्रममा मृत्यु भएको प्रहरी भनाइ छ।

घटनास्थल मुचुल्लका उठाउने कार्य भइरहेको र शवलाई पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल लहान लगिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: : 2024-06-19 18:13:00

प्रतिकृया दिनुहोस्