भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिइएको छ। मोदीलाई नेपालका समकक्षी पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल भ्रमणको निम्तो दिएका हुन्।
बिहीबार संसदमा उठेको प्रश्नको जवाफ दिँदै प्रचण्डले मोदीलाई नेपाल भ्रमणको निम्तो दिइएको र उपयुक्त समयमा भ्रमण गर्नेसमेत आश्वसन पाएको बताए।
मोदीले जेठ २७ गते भारतको प्रधानमन्त्रीका रुपमा तेस्रो कार्यकालका लागि शपथ लिएका थिए। शपथ ग्रहणमा सहभागी हुन पुगेको समयमा प्रचण्डले मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका हुन्।