उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले जीबी राईलाई फर्काउन नेपाल र मलेसिया कानुनी परामर्शमा रहेको बताएका छन्।
गृहमन्त्री लामिछानेले प्रतिनिधिसभाको बैठकमा जीबी राई पक्राउ गर्न सरकार प्रयत्नशील रहेको बताउँदै जीबी राईलाई नेपाल ल्याउन कानुनी कठिनाइ भइरहेको बताए।
उनले जीबी राई पक्राउको विषयमा आफू पनि व्यग्र प्रतिक्षामा रहेको बताउँदै छिटै उनलाई नेपाल ल्याइने बताएका हुन्।
लामिछानेले अदालत र राहदानी विभागले जीबी राईको राहदानी रोक्का गर्न अस्वीकार गरेको संसदमा बताएका थिए।