निर्वाचन आयुक्तमा सिफारिस प्रधानको सुनुवाइ स्थगित

File Photo
File Photo

निर्वाचन आयोगको आयुक्तमा सिफारिस भएका कृष्णमान प्रधानको सुनुवाइ स्थगित भएकाे छ।

बिहीबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिले उजुरीकर्तासँग छलफल गरेपछि सुनुवाइका लागि थप समय लिने निर्णय गरेको सभापति पशुपतिशम्सेर जबराले जानकारी दिए। उनको सुनुवाइ शुक्रबारका लागि तय गरिएको थियो।

प्रधानविरुद्ध चार वटा उजुरी परेकोमा समितिले बिहीबार उजुरीकर्तासँग छलफल गरेको थियो। उजुरीकर्ताको आग्रहमा गोपनीयता कायम गरी छलफल गरिएको थियो। प्रधानविरुद्ध यौन दुर्व्यवहारलगायतका उजुरी परेको बुझिएको छ।

असार २ गते बसेको संवैधानिक परिषद्को बैठकले प्रधानलाई निर्वाचन आयोगको आयुक्तमा सिफारिस गरेको थियो।

प्रकाशित मिति: : 2024-07-04 14:31:00

प्रतिकृया दिनुहोस्