वर्षाका कारण मध्यपहाडी लोकमार्ग भासियाे, यातायात ठप्प

Break n Links
Break n Links

अविरल वर्षाका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत टेम्केमैयुङ गाउँपालिका–३ मेस्पाङामा सडक भासिएको छ।

भोजपुर–चखेवा सडक खण्डको मेस्पाङ भन्ने स्थानमा आज बिहान करिब ६० मिटर सडक भासिएको हो।

कालोपत्र गरिएको सडक भासिएपछि यातायातका साधन रोकिएका टेम्केमैयुङ गाउँपालिकाकी उपाध्यक्ष रमादेवी राईले बताए।

‘वर्षाका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत मेस्पाङमा सडक भासिएको छ‘, उपाध्यक्ष राईले भनिन्, ‘सडकमा ठूलो क्षति भएको छ। यसरी नै निरन्तर वर्षा भयो भने अझ बढी क्षति हुनसक्छ।‘

प्रकाशित मिति: : 2024-07-10 12:37:00

प्रतिकृया दिनुहोस्