म नेपाली नागरिक नै हुँ, कुनै देशको पीआर लिएकी छैन: शिक्षामन्त्री श्रेष्ठ

Break n Links
Break n Links

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आफू नेपाली नागरिक नै रहेको बताएकी छन्।

मन्त्री श्रेष्ठले राष्ट्रिय सतर्कता केन्द्रले नागरिकताको विषयमा पत्र पठाएको जानकारी दिँदै आफूले कुनै देशको पीआर वा नागरिकता नलिएको बताएकी छन्। 

उनले आफूले राष्ट्रिय सतर्कता केन्द्रमा उजुरी परेकोले सोअनुसार जवाफ दिएको बताएकी छन्।

उनले आरोप आफैँमा अस्पष्ट रहेको बताउँदै कुन देशको पीआर वा नागरिकता भनेर पनि खुलाइएको छैन र आरोप पूर्णतः निराधार रहेको तथा आफूले छानबिनमा पूरा सहयोग गर्ने बताएकी छन्।

उनले आरोप के प्रमाणको आधारमा लगाइयो, लगाउनेको नियत र कस्तोबेला ल्याइयो, प्रश्न गर्न आग्रह गरेकी छन्। 

प्रकाशित मिति: : 2024-07-10 14:56:00

प्रतिकृया दिनुहोस्