सिरहाको लहान नगरपालिका- २४ मानिकदहस्थित सर्रे खोलाको बिच भागमा फसेका एक जनाको सशस्त्र प्रहरीले उद्दार गरेकाे छ।
सोही ठाँउ बस्ने ४० वर्षीय अरुण चौधरी घरबाट लहानतर्फ जाने क्रममा खोलाको बिच भागमा फसेका थिए।
सो घटनाबारे जानकारी पाएपश्चात सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश लहानले उनको सकुशल उद्धार गरेको हो।