नवनियुक्त स्वास्थ्यमन्त्रीले भने- अब अस्पतालहरूमा लाइन बस्नुपर्दैन्

Break n Links
Break n Links

नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले एक महिनाभित्र संघीय अस्पतालहरूमा लाइन बस्नु नपर्ने व्यवस्था गर्ने प्रतिवद्धता जनाएका छन्।

सोमबार मन्त्रीमा नियुक्त भएर शपथ लिएपछि उनले स्वास्थ्य मन्त्रालय पुगेर पदभार ग्रहण गर्दै उनले यस्ताे बताएका हुन्।

उनले आगामी दिनमा देखिने गरेर परिवर्तनको अनुभुति मन्त्रालयले चाहेको र टिमवर्कबाट अघि बढ्न आफू तयार रहेको बताए।

मन्त्री पौडेलले क्यान्सर रोगीहरूको उपचारका लागि एकरुपता कायम गर्ने गरी उपचार प्रणाली विकास गर्ने प्रतिवद्धता जनाए।

उपचार सेवा प्रदान गर्नका लागि विशेष कार्यक्रमहरु ल्याउने पनि उनले घोषणा गरे।

‘क्यान्सर रोगबाट धेरै नागरिकहरु पीडित भएको स्थिति छ। रोग लागेकाहरुलाई सुविधा दिने कुरा आफैँमा जरुरी हो। त्यो सँगसँगै रोग लाग्न नदिनु अर्को जरुरी कुरा हो’, उनले भने, ‘क्यान्सर रोगको उपचारका लागि एकरुपता कायम गर्ने गरी हामीले त्यसको प्रणाली विकास गर्ने छौँ। र उपचार सेवा प्रदान गर्नका लागि हामीले विशेष कार्यक्रमहरु ल्याउने छौँ।’

प्रकाशित मिति: : 2024-07-15 14:54:00

प्रतिकृया दिनुहोस्