काठमाडौंको बालाजुचोकमा एटीएम मेसिन फुटाउने क्रममा रडसहित एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा रौतहटको यमुनामाई गाउँपालिका–१ घर भई हाल काठमाडौं– १४ कलंकी बस्ने १८ वर्षीय राधेश्याम बैठा रहेका छन्।
प्रहरीले उनलाई माछापुच्छ्रे बैंक लिमिटेडको एटीएम फुटाउन प्रयोग गरेको फलामको रडसहित आइतबार पक्राउ गरेको हो।
अहिले पक्राउ परेका उनीमाथि अनुसन्धान भइरहेको छ।