कीर्तिमानी सगरमाथा आराेही हरि बुढामगर ‘सोल्जरिङ अन अवार्ड २०२४’काे फाइनलमा, भाेटिङ खुला

राेल्पामा जन्मे/हुर्केका कीर्तिमानी सगरमाथा आराेही हरि बुढामगर १४औँ वार्षिक ‘सोल्जरिङ अन अवार्ड २०२४’काे फाइनलमा पुगेका छन्।

बेलायतकाे हाउस अफ लर्डसमा एउटा भव्य कार्यक्रममार्फत गरिएकाे फाइनलिस्टहरुकाे नामावली घाेषणामा बुढामगरकाे नाम समावेश छ।

बेलायती सैनिक समुदायभित्र १२वटा विभिन्न विधामा उत्कृष्टता हासिल गरेका ३६ व्यक्तिहरुको फाइनलिस्टको नाम सार्वाजानिक गरिएकाे हाे। जसमा ‘इन्सपिरेशनल अवार्ड’ अर्थात् प्रेरणादायी पुरस्कार विधामा बुढामगरसहित अन्य दुई जनाकाे नाम समावेश छ।

‘दुई सबैभन्दा प्रेरणादायी सहकर्मी एन्डी रीड र जोनाथन थम्पसनसँगै प्रेरणादायी पुरस्कार श्रेणीमा सोल्जरिङ अन अवार्ड २०२४को फाइनलमा छनौट हुँदा एकदमै हर्षित र सम्मानित महसुस गरेको छु’, बुढाले भने। अन्तिम चरणमा पुग्दा नै विजेता भएकाे महसुस भएकाे उनकाे भनाइ छ।

आगामी अक्टाेबरमा पार्क प्लाजा वेस्टमिन्स्टर ब्रिजमा एक भव्य कार्यक्रमबाट विजेता घाेषणा गरिनेछ।

अवार्डले बेलायतको सैनिक समुदायको समर्थनमा देश र बाहिर काम गरेका उत्कृष्ट व्यक्तिहरू र परोपकारी संस्थाहरूको उल्लेखनीय उपलब्धिहरूलाई सम्मान गर्दछ।

रोल्पाको मिरुलस्थित दुर्गम जेबारी गाउँमा जन्मेका हरि बुढामगर सन २०१०मा अफगानिस्तानको युद्धमा दुवै खुट्टा गुमाएर बाँचेका एक सहासिक योद्धा हुन्। उनको परिचय विश्वभर एक एडभेञ्चर हिरोको रुपमा पनि स्थापति छ।

लडाइँमा दुवै खुट्टा गुमाएपछि उनको जीवनले नयाँ मोड लियो। त्यो भयानक घटनापछि उनी विभिन्न साहसिक गतिविधि, खेलकुदका साथै सामाजिक कार्यमा व्यस्त हुन थाले। उनले शारीरिक अपाङ्गतालाई अवसरमा कसरी बदल्न सकिन्छ भन्ने कथा विश्वभर सुनाउँदै आएका छन। साहसिक गतिविधिमा अनेकौँ कीर्तिमान कायम गर्न सफल हरि एक असाधारण, साहसिक र उत्साहि व्यक्ति हुन्।


युद्धमा दुबै खुट्टा गुमाएका पूर्वगोर्खा सैनिकको सगरमाथा चुचुरो चुम्ने सपना


गत वर्षको मे २०२३ मा बुढा मगरले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेर विश्वकै पहिलो तथा एकमात्र घुँडा माथिको डबल एम्पुटी व्यक्तिको कीर्तिमान राखेका थिए।

हरि बुढा मगरको यो उपलब्धिले शारीरिक चुनौतीहरूलाई पार गर्दै असीम साहस र दृढ संकल्पको प्रतीक बनेको छ। उनको यो सफलताले अपाङ्गता भएका व्यक्तिहरूलाई प्रेरणा दिनुका साथै मानव क्षमताको कुनै सीमा नभएको ज्वलन्त सन्देश दिएको छ।

विजेताकाे घाेषणा भाेटिङका आधारमा गर्ने गरिन्छ। जसकाे लागि अन्तिम तीन जनाकाे नाममा भाेटिङ खुला गरिएकाे छ। अनलाइन भाेटिङ २३ जुलाईदेखि २६ अगस्तसम्म खुला रहने आयाेजकले जनाएकाे छ।

भाेटिङ तलकाे लिंकमार्फत गर्न सकिन्छ:

Meet the Inspiration Award Finalists 2024 - Soldiering On Awards

प्रकाशित मिति: : 2024-07-29 17:58:00

प्रतिकृया दिनुहोस्

    Best of luck

    • 9 महिना अगाडि
    • Harka bahadur gharti

    Hari Budha Magar best wishes

    • 9 महिना अगाडि
    • Khabapu खबपु