व्यक्ति बेपत्ता मुद्दामा बम्जनसँग ३ लाख धरौटी माग

लिटिल बुद्ध भनेर आफूलाई चिनाउने तपस्बी रामबहादुर बम्जनलाई व्यक्ति बेपत्ता मुद्धामा ३ लाख रुपैया धरौटी माग गरिएको छ।  सिन्धुपाल्चोक जिल्ला अदालतकी न्यायाधीश भगवती शर्माको इजलासले उनलाई थुनछेक आदेश दिँदै ३ लाख धरौटी माग गरेको हो। 

तर बम्जनले ३ लाख रुपैया धरौटी नबुझाएको अदालतका सूचना अधिकारी अक्षय कुमार दनुवारले जानकारी दिए। ‘बम्जनलाई थुनछेक आदेश दिँदै ३ लाख धरौटी माग गरिएको तर उनले धरौटी नबुझाएपछि थुनामा पठाइएको छ’, उनले भने। 

बम्जनमाथि सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकामा रहेको बाढेगाउँ आश्रमबाट एक महिला बेपत्ता पारेको आरोप छ। सिन्धुपाल्चोक अदालतले धरौटीमा छाड्न आदेश दिएपनि उनी  छुट्न सक्ने अवस्था भने थिएन। 

यसअघि असार १७ गते बाल यौन दुराचार मुद्दामा उनलाई १० वर्ष कैद र ५ लाख क्षतिपूर्ति भराउने सर्लाही अदालतले फैसला गरेको थियो। ०७६ माघ २३ मा जिल्ला प्रहरी कार्यालय सर्लाहीले बम्जनविरुद्ध बाल यौन दुराचार मुद्दा दर्ता गरेको थियो। 

सर्लाही जिल्ला अदालतले ०७७ असार २१ म पक्राउ पूर्जी जारी गरेपछि उनी गएको २४ पुसमा काठमाडौंको बुढानीलकण्ठबाट पक्राउ परेका थिए। 

प्रकाशित मिति: : 2024-07-29 19:00:00

प्रतिकृया दिनुहोस्