एमाले केन्द्रीय कार्यालयभित्र पस्यो बाढी

अविरल वर्षका कारण ललितपुरको च्यासलस्थित नेकपा एमालेको पार्टी कार्यालय परिसरमा पनि पानी पसेको छ।

मंगलबार रातिदेखि परेको वर्षाका कारण मनोहरा खोलामा जलसतह बढेका कारण बुधबार एमाले कार्यालयभित्रै बाढी पसेको हो।

वर्षाका कारण काठमाडौं उपत्यकाका सबैजसो नदीहरूमा पानीको सतह बढेको छ।

च्यासलमा मनोहरा करिडोर सडक पनि डुबानमा परेको छ। एमाले कार्यालय नजिकै रहेको च्यासल रंगशाला पनि डुबानमा परेको छ।

प्रकाशित मिति: : 2024-07-31 07:58:00

प्रतिकृया दिनुहोस्