सौर्य एयरकाे जहाज दुर्घटनामा परेका पाइलट शाक्य डिस्चार्ज हुँदै

Break n Links
Break n Links

काठमाडौँमा भएको सौर्य एयरलाइन्सकाे विमान दुर्घटनामा परेर बाँच्न सफल भएका पाइलट मनिषरत्न शाक्य अस्पतालबाट आज डिस्चार्ज हुने भएका छन्।

गत साउन ९ गतेदेखि उनको काठमाडौँको  सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको थियो। उनको स्वास्थ्य अवस्था हाल सामान्य रहेको अस्पतालले जनाएको छ । 

काठमाडौँबाट आफ्नै कर्मचारी लिएर पोखरा जान लागेको सौर्यकाे जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै दुर्घटना भएको थियो। दुर्घटनामा जहाजमा सवार १९ मध्ये १८ जनाको निधन भएको थियो। 

प्रकाशित मिति: : 2024-08-01 15:54:00

प्रतिकृया दिनुहोस्