निरन्तरको वर्षापछि काठमाडौँ उपत्यकाका तीन जिल्ला काठमाडौँ, भक्तपुर र ललितपुरका नदीहरूमा जलसतह सतर्कता तह पार भएको छ।
बाग्मती नदीको गौरीघाट, खोकना र मनोहरा जलमापन केन्द्रमा सतर्कता तह पार भएको हो।
भक्तपुर जिल्लाको हनुमन्ते खोला जगाती बाढीमापन केन्द्र, ललितपुरस्थित खोड्कु खोला झरुवारासी जलमापन केन्द्रमा हाल बिहान ११ बजे नदीले सतर्कता तह पार गरेको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।
नदी बढ्दोक्रममा रहेका यी नदी आसपासमा उच्च सतर्कता आपनाउन पनि प्राधिकरणले आग्रह गरेको छ।
काठमाडौँ उपत्यतका लगायत देशका विभिन्न जिल्लामा गएरातीदेखि निरन्तर वर्षा भइरहेको छ।