गैरआवासीय नेपाली संघ (एनआरएनए/आइसीसी) को सन् २०२३ कार्यकालमा निर्वाचित भएको डा. बद्री केसी नेतृत्वको कार्यसमितिलाई काममा नरोक्न सर्वाेच्च अदालतले आदेश दिएको छ।
सहकोषाध्यक्ष कृष्ण तिम्लसेनालगायतले दायर गरेको मुद्धामा सर्वाेच्चले माग बमोजिमको रिट जारी गरेको सर्वाेच्च अदालतका सूचना अधिकारी गोविन्द प्रसाद घिमिरेले जानकारी दिए।
सर्वोच्चका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र टेकप्रसाद ढुङ्गानाको इजलासले निवेदकको माग बमोजिम फैसला गरेको हो।
गत चैतमा सर्वाेच्चले कुमार पन्तकाे नेतृत्वपछि बनेका सबै कार्यसमितिलाई अमान्य ठहर गरेको थियो।
त्यसपछि परराष्ट्र मन्त्रालयले केसी नेतृत्वको कार्यसमितिलाई काममा रोक लगाएको थियो। यसविरुद्ध तिम्लसेनालगायत ४ जनाले सर्वाेच्चमा रिट दायर गरेका थिए।