जाजरकोटमा जिप दुर्घटना: चालकको घटनास्थलमै मृत्यु

Break n Links
Break n Links

जाजरकोटमा बोलेरो जिप दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ।

भेरी नगरपालिका-६ गंज भन्ने स्थानमा सदरमुकाम खलंगा देवि वडा नम्बर ६ नेटा जाँदै गरेको जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ। 

ग १ ज ७७११ नम्बरको जिप सडकदेखि ३००/४०० मिटर खस्दा भेरी-६ गंगटिया बस्ने ३४। वर्षीय मानबहादुर वलीको मृत्यु भएको हो।

दुर्घटनामा परी १४ जना यात्रु घाइते छन्। उनीहरूको उपचारका लागि जिल्ला अस्पताल जाजरकोटमा पठाइएको छ।

प्रकाशित मिति: : 2024-08-06 20:43:00

प्रतिकृया दिनुहोस्