आचार्य कृष्ण दमाईले पशुपतिनाथमा जारी काेटिहाेममा जातीय विभेदविरुद्ध गीत गाएका छन्। शुक्रबार काेटिहाेममा प्रवचन दिइरहेका आचार्य कृष्ण दमाईले ‘मान्छे मान्छे एउटै हाे नि फरक किन भाे’ बाेलकाे गीत गाएका हुन्।
‘म गीत सुन्थेँ- मान्छे मान्छे एउटै हाे नि फरक किन भाे? सीप चल्छ, श्रम चल्छ तर पानी नचल्ने भाे,’ उनी अगाडि बढ्छन्, ‘हे प्रभु आज मैले याे ठाउँमा आएर याे भन्नु पर्ने अवस्था देखियाे। त्यसका लागि मैले क्षमा माग्न चाहन्छु। किनभने, याे चिज पनि यही शास्त्र, यही विद्या र यही सनातनले भने छ।’
उनले अगाडि भने, ‘मन्दिर हामी बनाउँछाैं, कपडा हामी सिलाउँछाैँ सबै चिजकाे व्यवस्था छ तर पनि समाजले नबुझेकाे अवस्था छ। त्यसैले अब धर्म संकटमा नगई धर्म रक्षामा जाऔँ, हिमाल पहाड तराई सम्पूर्ण हिन्दू सनातनीहरु एक हाैँ भन्ने म याे विमाेचन गर्न चाहन्छु।’
उनले काेटिहाेममा प्रवचन दिन पाउनु आफ्नाे लागि साैभाग्य भएकाे उल्लेख गरे। ‘मैले याे काेटिहाेममा स्वर्गानुभूति गरेकाे छु। याे मेराे लागि स्वर्ग हाे।’
उनले कर्मकाण्डका लागि नभएर विद्धताकाे लागि संस्कृत विषयकाे अध्ययन गरेकाे बताए।