सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशसभाको पाँचौँ अधिवेशन आह्वान गरेको छ।
प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख नजिर मियाँले साउन २७ गते दिउँसो २ बजेको लागि प्रदेशसभा बैठक आह्वान गरेका हुन्।
यसअघि सरकारको सिफारिसमा प्रदेश प्रमुख नजिर मियाँले गत बुधबार रातिदेखि विशेष अधिवेशनको अन्त्य गरेका थिए। तर, विशेष अधिवेशन अन्त्य गरेपछि सरकारले कर संकलनसम्बन्धी अध्यादेश जारी गरेको थियो।
आज पुन: सरकारले सिफारिस गरेपछि अधिवेशन आह्वान गरिएको प्रदेश प्रमुख कार्यालयले जानकारी दिएको छ। आइतबार मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह नियुक्त भएका थिए। उनले विश्वासको मत लिन बाँकी रहेको छ।