सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत पाएका छन्।
बुधबार बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री शाहले दुई तिहाइ बहुमत पाएका हुन्।
मुख्यमन्त्री शाहले प्रदेशसभामा पेश गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ३६ र विपक्षमा ८ जना सांसदले मत दिएका थिए। १ जना भने तटस्थमा बसे।
५३ सदस्य रहेकाे प्रदेशसभामा आजको बैठकमा ४५ जना मात्रै उपस्थित भएका थिए।
शाह साउन २० गते कांग्रेस र एमालेको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए। मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार शाहले आज विश्वासको मत लिएका हुन्।