सिन्धुलीमा बाेलेराे दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्।
कमलामाई नगरपालिका-२ चियाबारी नजिक विपी राजमार्गमा बिहीबार बिहान बा.२० च ८२८३ नम्बरको बोलेरो दुर्घटना भएकाे हाे।
दुर्घटनामा परी दुई जनाको घटनास्थलमै र एक जनाकाे उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएकाे छ।
मृत्यु हुनेमा सिन्धुलीकाे गोलञ्जोर गाउँपालिका–६ नाकाजोलीका ४२ वर्षीय पृथ्वी भुजेल, ४५ वर्षीय उदयबहादुर मस्राङ्गी र ३५ वर्षीय पवन मस्राङ्गीको मृत्यु भएकाे हाे।
प्रहरीका अनुसार गम्भीर घाइतेकाे काभ्रेको धुलिखेल अस्पताल र अन्यकाे जिल्ला अस्पताल सिन्धुलीमा उपचार भइरहेको छ।