दलित अधिकारका लागि १० दिनदेखि नेल झुन्डाएर माइतीघरमा प्रदर्शन गरिरहेका खगेन्द्र सुनारले अब हात खुट्टा बाँधेर सडकमा सुतेर आन्दोलन गर्ने भएका छन्। सुनारले याे जानकारी सामाजिक सञ्जालमार्फत गराएका हुन्।
‘पर्सि भदौ १ गते शनिबार हात-खुट्टा बाँधेर रोडमा सुतेर प्रदर्शन गर्ने कार्यक्रम रहेकाले उपस्थितिको लागि सबैलाई अपिल छ’, खगेन्द्रले भनेका छन्।
उनले असोज ३ गते संविधान दिवसको दिन ‘खै दलितलाई’ भन्दै काठमाडौंमा आउन सबैलाई अनुराेधसमेत गरेका छन्।
सम्बन्धित भिडियो: