नेपाल आयल निगमले इन्धनको मुल्य घटाएको छ।
निगमको बिहीबार बसेको संचालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ५ र डिजल तथा मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँ घटाएको हो। घटेको मूल्य आज राति १२ बजेदेखि लागि हुने निगमले जनाएको छ।
निगमले भारतबाट आएको नयाँ मूल्य सूचीमा पेट्रोल प्रतिलिटर ५ र डिजल तथा मट्टीतेल प्रतिलिटर २ रुपैयाँ ९६ पैसाले घटेर आएको जनाएको छ।
नयाँ मूल्यअनुसार अब काठमाडौँमा पेट्रोलको प्रतिलिटर १६५ र डिजल तथा मट्टीतेलको प्रतिलिटर १५५ रुपैयाँ पर्ने भएको छ।