राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निवर्तमान महामन्त्री डा. मुकुल ढकाललाई पार्टीबाट निष्कासन गर्नुअघि अन्तिम पटक स्पष्टीकरण सोध्ने निर्णय गरेकाे छ।
बुधबार पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले ढकाललाई अन्तिम पटक स्पष्टीकरण सोध्ने निर्णय गरेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए।
रास्वपाले यसअघि उनलाई पार्टीकाे हितविपरीत गतिविधि गरेको भन्दै साधारण सदस्यता कायम राख्दै महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यबाट हटाउने निर्णय गरेको थियो।
यसैगरी बैठकले असोज १ र २ गते राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेकाे छ। झाका अनुसार भेला काठमाडौँको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा हुनेछ।
राष्ट्रिय भेलाको तयारीका लागि सातै प्रदेशमा कार्यकर्तासँग छलफल गर्ने निर्णय भएको कार्यवाहक प्रवक्ता झाले बताए।