रास्वपाले स्थानीय तहको उपनिर्वाचनमा भाग लिने

Break n Links
Break n Links

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहको उपनिर्वाचनमा भाग लिने भएकाे छ।

बुधबार पार्टी कार्यालय बनस्थलीमा बसेको केन्द्रीय समिति बैठकले स्थानीय तहमा रिक्त रहेका सबै पदमा उम्मेदवारी दिएर उपनर्वाचनमा भाग लिने निर्णय गरेकाे कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए।

‘रास्वपा उपनिर्वाचनमा सहभागी हुनेछ, हामी भाग लिनेछौँ। त्यसका लागि आजको बैठकमा व्यापक छलफल भएको छ,’ उनले भने।

यसैगरी बैठकले असोज १ र २ गते  काठमाडौँको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेकाे छ। 

याे पनि...
प्रकाशित मिति: : 2024-08-21 14:12:00

प्रतिकृया दिनुहोस्