सवारी दुर्घटनामा एक जनाको मृत्यु

सांकेतिक तस्बिर
सांकेतिक तस्बिर

सुनसरी सदरमुकाम इनरुवा–४ बस चोकमा बुधबार साँझ सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

दुर्घटनामा परी भोक्राहा नरसिंह गाउँपालिका–२ का रमानन्द मेहताको मृत्यु भएको सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना३ख १४५ नम्बरको ट्रकले को२२प ४०८० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार मेहताको घटनास्थलमै मृत्यु भएको हो।

नोबेल अस्पतालमा उपचार गरी घर फर्कँदै गर्दा मेहता चढेको मोटरसाइकललाई ट्रेकले ठक्कर दिएको थियो।

मेहताको शव परीक्षणका लागि जिल्ला अस्पताल इनरुवामा राखिएको छ। ठक्कर दिने सवारी र चालक जिल्ला प्रहरी कार्यालय सुनसरीको नियन्त्रणमा रहेको छ।

प्रकाशित मिति: : 2024-08-22 06:23:00

प्रतिकृया दिनुहोस्