अहिलेको सरकारलाई कुनै गल्ती गर्ने छुट छैन: प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरुलाई जनताले औँलो ठड्याउने ठाउँ नदिनेगरी काम गर्ने बताएका छन्।

बिहीबार प्रतिनिधिसभाको बैठकमा सांसदहरुसँगको प्रश्नोत्तर कार्यक्रममा सांसदहरुको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले अहिलेको सरकारलाई कुनै गल्ती गर्ने छुट नभएको बताउँदै जनताले औँलो ठड्याउने गरी काम नगर्ने बताए।

‘हामीलाई कुनै गल्ती गर्ने, अथवा कुनै अन्यौल सिर्जना हुनेगरी काम गर्ने, अथवा प्रतिफल नदेखिने गरी काम गर्ने कुनै सुविधा छैन। कुनै छुट छैन’, उनले भने।

उनले वर्तमान सरकार संघीय लोकतान्त्रिक गणतन्त्र, संविधान र यसको कार्यान्वयनको पक्षमा स्प्पष्ट र दृढ रहेको स्पष्ट पारे।

प्रकाशित मिति: : 2024-08-22 16:02:00

प्रतिकृया दिनुहोस्