नयाँ कमला पुल निर्माणमा सहमति, अभियन्ताले ताेडे अनसन

धनुषा र सिरहा जोड्ने नयाँ कमला पुल निर्माणका लागि जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि आमरण अनसनमा बसेका अभियन्ता र प्रदेश सरकारबीच सहमति भएको छ।

दुवै पक्षबीच चार बुँदे सहमतिलगत्तै अनसनकारीहरूले अनसन ताेडेर आन्दोलन स्थगन गरेका छन्। मुख्यमन्त्री सतिशकुमार सिंहको उपस्थितिमा आन्दोलनकारीहरूले जुस खाएर अनसन स्थगन गरेका हुन्।

सहमतिअनुसार नयाँ कमला पुलको निर्माण गरिने, पुल निर्माणका लागि आवश्यक बजेट आर्थिक वर्ष २०८२/०८३ को वार्षिक बजेट संघ सरकारबाट प्राप्त नभएमा सम्पूर्ण बजेट मधेस प्रदेश सरकारको स्रोतबाट बेहोरिने र यसै वर्षको मंंसिर १ गतेभित्रमा पुल निर्माणको डिपिआर तयारीका लागि बोलपत्र आह्वान गरिने उल्लेख छ।

प्रकाशित मिति: : 2024-08-23 11:37:00

प्रतिकृया दिनुहोस्