आँबुखैरेनीका अध्यक्षले भने- केही शवहरू निकालियाे, उद्दार कार्य जारी छ

Break n Links
Break n Links

तनहुँको आँबुखैरेनीमा भएको बस दुर्घटनामा केही शव निकालिएको छ।

आँबुखैरेनीस्थित ऐनापहराबाट मर्स्याङ्दी नदीमा पोखराबाट काठमाडौँ हिँडेको यूपी ५३ एफडी ७६२३ नम्बरको भारतीय बस दुर्घटना भएको थियो।

दुर्घटनास्थलमा उद्दार कार्य जारी रहकाे आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताए।

उनकाअनुसार दुर्घटनामा मृत्यु भएकाहरूका केहीकाे शव निकालिएकाे छ। ‘अहिले यति जनाकाे मृत्यु भयाे भनेर ठ्याक्कै भन्न सक्ने अवस्था छैन’, उनले भने, ‘तर, १०/१२ जना जतिकाे शव निकालिएकाे छ।’

घाइतेहरूकाे आँबुखैरेनी अस्पतालमा उपचार भइरहेकाे उनले बताए।

बस सडकबाट मर्स्याङ्दी नदीमा खसेकाे थियाे। बस खसेकाे स्थानमा अप्ठ्याराे भीर परेका कारण उद्दारमा समेत कठिनाइ भएकाे छ।

प्रकाशित मिति: : 2024-08-23 12:59:00

प्रतिकृया दिनुहोस्