आँबुखैरेनी बस दुर्घटना अपडेट: १४ जनाको मृत्यु, १६ घाइते

Break n Links
Break n Links

तनहुँको आँबुखैरेनी गाउँपालिका-२ मा भएको बस दुर्घटनामा १४ जनाको मृत्यु भएको छ।

शुक्रबार बिहान पाेखराबाट काठमाडाैँतर्फ आउँदै गरेकाे युपी ५३ एफटी ७६२३ नम्बरको भारतीय बस मर्स्याङ्दी नदीमा खसेकाे थियाे। घटनास्थलबाट १४ जनाको शव निकालिएकाे प्रहरीले जनाएकाे छ।

प्रहरीका अनुसार दुर्घटनामा परेर १६ जना घाइतेको र उनीहरूकाे उद्धार गरेर अस्पताल पठाइएको छ। केहीयात्रु अझै बेपत्ता रहेकाे प्रहरीकाे भनाइ छ।

घाइते र मृतककाे उद्दार कार्य जारी रहेकाे जिल्ला प्रहरी कार्यलय तनहँका प्रहरी नायव उपरीक्षक (डिएसपी) डिएसपी दिपक कुमार रायले जानकारी दिए।

प्रकाशित मिति: : 2024-08-23 13:36:00

प्रतिकृया दिनुहोस्