विराटनगरका लागि उडेको जहाज चन्द्रगढीमा आकस्मिक अवतरण

Break n Links
Break n Links

विराटनगरका लागि उडेकाे बुद्ध एयरको जहाज झापाको चन्द्रगढी विमानस्थलमा आकस्मिक अवतरण गरिएको छ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की सवार रहेकाे ७०५ विमान अवतरण गर्न नसकेपछि भद्रपुरमा अवतरण गरिएको हो।  

विराटनगरमा मौसम खराब भएपछि भद्रपुरमा आकस्मिक अवतरण गरिएको नागरिक उड्ययन कार्यालय चन्द्रगढीका प्रमुख किशोर कुमार खत्रीले जानकारी दिए।

दिउँसाे साढे २ बजे चन्द्रगढीमा अवतरण भएको विमान मौसममा सुधार भएपछि विराटनगरतर्फ नै उडेको उनले बताए।

मुख्यमन्त्रीसहित अरु यात्रुहरु चन्द्रगढी बिमानस्थलमा बिमानभित्रै बसेका थिए।

विमानमा चालक दलसहित ७० जना यात्रु रहेका थिए। विमान आधा घण्टापछि विराटनगरमा अवतरण भइसकेको जनाइएको छ।
 
 

प्रकाशित मिति: : 2024-08-25 17:01:00

प्रतिकृया दिनुहोस्