यसरी निकालियाे मर्स्याङ्दीमा खसेको बस (तस्बिरहरू)

Break n Links
Break n Links

तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहराबाट मर्स्याङ्दी नदीमा खसेको बस निकालिएको छ।

सोमबार मुग्लिन–आँबुखैरेनी सडकखण्ड केही घण्टा बन्द गरेर क्रेन लगाएर बस निकालिएकाे जिल्ला प्रहरी तनहुँले जनाएकाे छ।

बस निकालिएसँगै पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–आँबुखैरेनी सडकखण्ड ८ घण्टापछि खुलेकाे छ।

शुक्रबार पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको युपी ५३ एफटी ७६२३ नम्बरको भारतीय बस मर्स्याङ्दी नदीमा खसेको थियो।  साे दुर्घटनामा परी २७ जनाको मृत्यु भएको थियो भने १६ जना घाइते भएका थिए। 

तस्बिर: मुग्लिन बजार फेसबुक पेजबाट

प्रकाशित मिति: : 2024-08-26 16:31:00

प्रतिकृया दिनुहोस्