अमेरिकामा एकजना नेपाली विद्यार्थीको हत्या भएकाे छ। अमेरिकी सहर ह्युस्टनमा बस्ने नेपाली विद्यार्थी मुना पाण्डेको साेमबार दिउँसोतिर हत्या भएकाे स्थानीय प्रहरीले जनाएकाे छ।
ह्युस्टन कम्यूनिटी कलेजमा पढिरहेकी मुनाकाे शव उनकै अपार्टमेन्टमा भेटिएको थियाे।
उनी सन् २०२१मा एफ-१ भिसामा अमेरिका पुगेकी थिइन्। भाेजपुर घर भएकी मुना परिवारकी एक्लो सन्तान हुन्।
घटनाबारे थप अनुसन्धान गरिरहेकाे त्यहाँकाे प्रहरीले जनाएकाे छ।