टुँडिखेलमा नाराबाजी गर्नेलाई मञ्चबाटै गाली गर्नु मौलिक अधिकारको उल्लङ्घन हाे: भीम रावल

File Photo
File Photo

नेकपा एमालेका नेता भीम रावलले टुँडिखेलमा नाराबाजी गर्नेलाई नेताले मञ्चबाटै गाली गर्नु र गिरफ्तार गराउनु मौलिक अधिकारको उल्लङ्घन भएकाे बताएका छन्।

सामाजिक सञ्जालमार्फत नेता रावलले जनताले विरोध र आलोचना किन गरेछ भनी आफूलाई बुझ्ने जनमुखी ठहरिन्छ भने दमनमा उत्रिने निरंकुश स्वेच्छाचारी हुने बताए।

उनले भनेका छन्, ‘टुंडिखेलमा नाराबाजी गरेको भनी नेताले मञ्चबाटै गाली गर्नु र पछि गिरफ्तार गराउनु संविधानले दिएको मौलिक अधिकारको उल्लङ्घन हो। जनताले विरोध र आलोचना किन गरेछ भनी आफुलाई बुझ्ने जनमुखी ठहरिन्छ भने दमनमा उत्रिने निरंकुश स्वेच्छाचारी। जनआक्रोशको कारण र समाधान खोज्नु जिम्मेवारको कर्तब्य हो।’

प्रकाशित मिति: : 2024-08-29 13:44:00

प्रतिकृया दिनुहोस्