हिंसा गर्दिनँ, भ्रष्टाचार गर्दिनँ भन्ने पवित्र भावका साथ काम गर्नुपर्छ: प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले योगलाई धेरै भन्दा धेरै अभ्यास र प्रयोग गर्न आग्रह गरेका छन्।

सङ्घीय संसदहरुका लागि जीवन विज्ञान संस्थाद्वारा शुक्रबार आयोजित स्वजागरण कार्यक्रममा प्रधानमन्त्री ओलीले योगमय समाजले शान्ति, सुख र समृद्धि हासिलमा सहयोग पुग्ने बताउँदै अनुशासनको पालना गरी सकारात्मक रुपान्तरण गर्न पनि आग्रह गरे।

‘म हिंसा गर्दिनँ, म असत्य बोल्दिनँ, म अरुको अधिकार र सम्पत्तिमा लोभ गर्दिनँ, भ्रष्टाचार गर्दिनँ भन्ने पवित्र भावका साथ हामीले काम गर्नुपर्छ’, प्रधानमन्त्री ओलीले भने, ‘हामीले अराजकता र अशिष्टता होइन, हजारौँ वर्ष पहिले नेपाली पुर्खाले यसै भूमिबाट सुरु गरेका योगलाई विस्तार गर्नुपर्छ। योग र ध्यानले मुटु र मस्तिष्कलाई स्वस्थ्य राख्छ। त्यसैले योगलाई विशेष महत्व दिनुपर्छ।’

कार्यक्रममा प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, विभिन्न पार्टीका नेताहरु, सांसदहरुको सहभागिता थियो। सहभागीलाई रमेश नेपाले योगाध्यास गराएका थिए।

प्रकाशित मिति: : 2024-08-30 11:45:00

प्रतिकृया दिनुहोस्