रास्वपाले अर्का महामन्त्रीलाई पनि गर्‍यो बर्खास्त

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फेरि अर्का महामन्त्रीलाई बर्खास्त गरेको छ।

केन्द्रीय कमिटीका महामन्त्री डा. मुकुल ढकाललाई बर्खास्त गरेको हप्ता दिन नहुँदै सुदूरपश्चिम प्रदेशका महामन्त्री पारस बाहुनलाई बर्खास्त गरेको हो।

बाहुनलाई रास्वपा सुदूरपश्चिम प्रदेश समिति सभापति ई. प्रकाश विष्टले बिहीबार बर्खास्त गरेका हुन्। पार्टी नेतृत्वलाई असहज हुने गरी क्रियाकलाप गरेकाले बाहुनलाई बर्खास्त गरिएको विष्टले बताएका छन्।

बाहुनलाई नेतृत्वलाई किन असहज हुने गरी गतिविधि गरेको भन्दै यही पार्टीले भदौ १० गते स्पष्टीकरण सोधेको थियो। तर स्पष्टीकरण चित्त बुझ्दो नभएको भन्दै पार्टी जिम्मेवारीबाट बर्खास्त गरिएको हो।

बाहुन गत मंसिर १३ गते महामन्त्री नियुक्त भएका थिए।

प्रकाशित मिति: : 2024-08-30 14:47:00

प्रतिकृया दिनुहोस्