प्रहरीले ललितपुर महानगरपालिका– २५ नख्खुबाट सुजन सिङ् ठकुरी र बिन्दा तामाङलाई पक्राउ गरेको छ। उनीहरू शुक्रबार लागूऔषधसहित पक्राउ परेका हुन्।
उनीहरुको साथबाट ललितपुर प्रहरीले प्रतिबन्धित विभिन्न लागुऔषध बरामद गरेको छ। जसमा १९० नुर्फिन, १९० फेनारन, १९० डाइजपाम, ६६ ट्रामाडोल र प्रयोग भएका तथा नभएका सिरिन्जहरु रहेका छन्।
साथमा बा५० प १७९५ नम्बरको मोटरसाइकल पनि बरामद गरिएको जिल्ला प्रहरी कार्यालय ललितपुरले जानकारी दिएको छ।
३० वर्षीय सुजन मकवानपुर घर भइ नख्खु बस्दै आएका थिए। बिन्दा रामेछाप घर भइ बल्खु बस्दै आएकी थिइन।