दाङमा बँदेलको आक्रमणबाट एकजना गम्भीर घाइते भएका छन्।
बबई गाउँपालिका-७ मलईका ३५ वर्षीय रेशम बाँठा मगरलाई बुधबार बिहान बँदेलले आक्रमण गर्दा घाइते भएका हुन्।
बिहान ३ बजे बारीमा मकै खान आएकाे बँदेल धपाउने क्रममा उनलाई आक्रमण गरेकाे हो।
बँदेलको आक्रमणबाट मगरकाे हात, खुट्टा र मुखमा चोट लागेको छ। घाइते उनकाे तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेकाे छ।