नेकपा महासचिव विप्लव र क्युवाका कार्यवाहक राजदूत अवेलाबीच भेटघाट

नेकपा महासचिव नेत्र विक्रम चन्द (विप्लव) र नेपालका लागि क्युवाका कार्यवाहक राजदूत अवेल अवेलाबीच बुधबार विहान भेटघाट भएको छ।

भेटमा महासचिव विप्लवले र क्युवाका कार्यवाहक राजदूत अवेल अवेलासँग साम्राज्यवादविरुद्ध क्युवाली जनताको सङ्घर्षप्रति बलियो ऐक्यबद्धता व्यक्त गरेका थिए।

साथै भेटवार्तामा नेपाली क्रान्तिका लागि क्युवा र नेपालबीच महत्त्वपूर्ण समन्वय आवश्यक रहेको बताइएको थियो।

भेटमा क्युवाको शिक्षा, राजनीतिलाई नेपाली मौलिकतामा समन्वय गरेर अगाडि बढ्नु आवश्यक रहेको र त्यसमा आफूहरू सकारात्मक रहेको विप्लवले बताए।

भेटमा नेकपाका अन्तर्राष्ट्रिय विभाग सदस्य खगेश्वर केसी, नेकपाका केन्द्रीय सदस्य प्रकाश शाही, नरेन्द्र विकलगायतको उपस्थिति रहेको थियो।

प्रकाशित मिति: : 2024-09-04 20:33:00

प्रतिकृया दिनुहोस्