काठमाडौँको गोकर्णेश्वर नगरपालिका-१ सुन्दरीजलमा एक युवतीकाे शव फेला परेकाे छ।
बिहीबार सुन्दरीजलस्थित बागमती नदी किनारमा शव भेटिएकाे प्रहरीले जनाएकाे छ।
शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। त्यसपछि प्रहरीले घटनास्थल पुगेर मुचुल्का गरी शव उठाएकाे छ।
प्रहरीका अनुसार शवको पहिचान भने भएको छैन।