अमेरिकाबाट काठमाडौँ आएका एक व्यक्ति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै बेपत्ता भएका छन्।
शनिबार राति विमानस्थलमा अवतरण गरेका पर्वतको पैँयू गाउँपालिका-१ घर भएका ७६ वर्षीय दण्डपाणि भुसाल बेपत्ता भएका हुन्।
उनका आफन्त विमानस्थल बाहिर कुरिरहेका थिए। भुसालका ज्वाइँ मधु वस्तीका अनुसार शनिबार राति साढे १० बजे विमानस्थलमा अवतरण गरेर उनले फाेन सम्पर्क गरेकाे र त्यसपछि बेपत्ता भएका हुन्।
उनी विमानस्थलबाट बाहिर निस्केको सीसी क्यामेरामा समेत देखिएकाे प्रहरीले जनाएकाे छ। त्यसपछि भुसाल कता गए भन्ने पत्ता लागेकाे छैन।
उनी बेपत्ता भएपछि आफन्तले प्रहरी वृत्त गौशालामा निवेदन दिएका छन्। उनकाे खोजी कार्य सुरु भएकाे प्रहरीले जनाएकाे छ।