बझाङमा भूकम्पकाे धक्का

बझाङमा ४.३ रेक्टर स्केलको भूकम्प गएको छ।

बुधबार बिहान १०:८ मिनेट जाँदा खप्तड राष्ट्रिय निकुञ्ज नजिकै माझिगाउँ केन्द्रबिन्दु भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

केन्द्रका अनुसार भूकम्पको धक्का डोटी, बैतडी, बाजुरा र अछामलगायतका जिल्लाहरुमा महसुस गरिएको थियो। यसअघि भदौ २८ गते बिहीबार बझाङ जिल्लाको गडराय आसपास क्षेत्रमा ३.७ रेक्टर स्केलको भूकम्प गएको थियो। 

प्रकाशित मिति: : 2024-09-18 12:25:00

प्रतिकृया दिनुहोस्