श्रीलङ्काबाट भागेका ‘पूर्वराष्ट्रपति’ विनाेद चौधरीकाे हाेटलमा

Break n Links
Break n Links

श्रीलङ्काबाट भागेका पूर्वराष्ट्रपति गोटाबाय राजपक्षे काठमाडौँ आइपुगेका छन्।

राजपक्षे ड्रुक एअरको उडान नम्बर केबी ४०० मा साेमबार बिहान ८ बजे काठमाडौँ आइपुगेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालय स्रोतले बताएकाे छ।

कोलम्बोमा नवनिर्वाचित वामपन्थी राष्ट्रपतिले शपथ लिएलगत्तै राजपक्षे काठमाडौं आएका हुन्। उनलाई नेपाली काँग्रेसका सांसद एवं व्यापारी विनोद चौधरीले स्वागत गरेका छन्।

श्रीमतीसहित काठमाडौँ आएका उनी विमानस्थलबाट सोझै ललितपुरको झम्सिखेलस्थित चौधरीकाे होटल भिभान्ता गएका छन्।

राजपक्षेलाई उक्त होटलमा बस्ने प्रबन्ध मिलाइएकाे छ। उनी पर्सि भरतपुर जाने र चौधरीकै होटलमा बस्ने छन्।

चौधरीले श्रीलंकामा केही होटल र बैंकमा लगानी गरेका छन्। अहिले राजपाक्षे नेपाल आउनु र चौधरीको होटलमा बस्नुलाई अर्थपूर्ण हेरिएकाे छ।

सन् २०२२ श्रीलङ्काले ठूलो आर्थिक संकटको सामना गर्नुपरेको थियाे भने देशमा चर्को विरोध भएको थियो। त्यसपछि गोटाबाया राजापाक्षेले राष्ट्रपति पदबाट राजीनामा दिनुपरेको थियो। त्यसपछि उनी श्रीलङ्का छाडेर सैनिक विमानमा छिमेकी देश माल्दिभ्स हुँदै सिंगापुर, थाइल्याण्ड गएका थिए।

प्रकाशित मिति: : 2024-09-23 11:49:00

प्रतिकृया दिनुहोस्