विपीन जोशीको रिहाइका लागि विश्व नेताहरूमाझ आरजुको अपिल

Break n Links
Break n Links

हमास-इजरायल युद्धका बेला बेपत्ता पारिएका विपीन जोशीको सकुशल रिहाइका लागि परराष्ट्रमन्त्री डा.आरजु राणाले विश्व समुदायलाई अपिल गरेकी छन्।

असंलग्न राष्ट्रहरुको सङ्गठनको मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गर्दै उनले जोशीको रिहाइका लागि विश्वका नेताहरूसामु अपिल गरेकी हुन्।

संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन यतिबेला प्रधानमन्त्री र परराष्ट्रमन्त्रीसहितको नेपाली प्रतिनिधिमण्डल अमेरिकामा छ।

राणाले जोशीको स्वागतका लागि सिङ्गो नेपाल र नेपाली समुदाय व्यग्र प्रतीक्षामा रहेको भन्दै त्यसका लागि युद्धरत पक्षसँग पहल गरिदिन विश्वका नेताहरूलाई अनुरोध गरिन्।

‘मलाई लाग्छ दोस्रो विश्वयुद्धपछि अहिले विश्वका धेरै स्थानमा द्वन्द्व बढेको छ। त्यसैले इतिहासकै अत्यन्त जटिल मोडमा हामी उभिएका छौँ र सशस्त्र द्वन्द्वबाट नागरिकहरुको रक्षाको लागि उच्च प्राथमिकताका साथ काम गर्नु परिरहेको छ’, सम्बोधनका क्रममा उनले भनेकी छन्, ‘विश्व शान्तिका लागि असंलग्न राष्ट्रहरूको पहलकदमी आवश्यक र महत्वपूर्ण हुनेछ।’

अघिल्लो वर्षको अक्टोबरमा सुरु भएको हमास-इजरायल युद्धका बेला १० जना नेपालीको ज्यान गएको थियो। त्योबेला हमास पक्षले नेपाली विद्यार्थी जोशीलाई अपहरण गरेको पुष्टि गर्दै अन्तर्राष्ट्रिय निगरानीकर्ताहरूले युद्धरत पक्षलाई आग्रह गरेका थिए।

प्रकाशित मिति: : 2024-09-24 12:21:00

प्रतिकृया दिनुहोस्